लागु औषध कारोबारमा संलग्न १३ जना पक्राउ-Sutra News

लागु औषध कारोबारमा संलग्न १३ जना पक्राउ

बुधबार, ३ फाल्गुन २०७९

बुधबार, ३ फाल्गुन २०७९

काठमाडौं  । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले लागु औषध कारोबारमा संलग्न १३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत २४ गते सोलुखुम्बु माप्यदुधकोशी गाउँपालिका लाक्पा शेर्पालाई पक्राउ गरी अनुसन्धान गर्दा थप १३ जना पक्राउ परेका हुन ।



अनुसन्धान गर्दै जाँदा विभिन्न मार्गबाट लागूऔषध भित्र्याई ओसार पसार, भण्डारण, विक्रि वितरण गर्ने कार्यमा संलग्न १३ जनालाई पक्राउ गरिएको हो ।  बुप्रेनोर्फिन, डाइजेपाम र फेनरागन २०,३०० एम्पुल,  नाइट्राभेट १२,९५० ट्याबलेट र नगद ४ लाख ५ हजार सहित नियन्त्रणमा लिई लागूऔषध नियन्त्रण व्यूरोबाट थप अनुसन्धान भइरहेको छ  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट