आफ्नो डेब्यू फिल्म ‘फूल और काँटे’को रिमेक चाहन्छन् अजय देवगन, मधुसँग गरेका थिए रोमान्स-Sutra News

आफ्नो डेब्यू फिल्म ‘फूल और काँटे’को रिमेक चाहन्छन् अजय देवगन, मधुसँग गरेका थिए रोमान्स

बिहिबार, १४ पौस २०७९

बिहिबार, १४ पौस २०७९

मुम्बई । बक्सअफिसमा कैयौं हिट फिल्म दिएका अभिनेता अजय देवगनले सन् २०२२ मा ‘दृश्यम २’ जस्तो ब्लकबस्टर फिल्म दिएर  बलिउडका सुपरस्टार हुन् भन्ने साबित गरिदिए । रिमेकको यो ट्रेण्डमा अजय अब आफ्नो डेब्यू फिल्म ‘फूल और काँटे’को रिमेक चाहन्छन् । हाल दिन नयाँ फिल्म ‘भोला’को तयारी गरिरहेका छन् ।



फिल्म ‘दृश्यम २’को प्रमोसन गर्न रेड एफएम पुगेका अजयलाई आरजे मलिष्काले ‘तपाईंको कुन फिल्म रिमेक गर्न चाहनुहुन्छ ?’ भनी सोधेकी थिइन् । जवाफमा उनले कसैले उनको सन् १९९१ को फिल्म ‘फूल और काँटे’को रिमेक बनाएको हेर्न चाहेको बताएका थिए ।

‘यसका लागि मैले केही अभ्यास गर्नुपर्नेछ । खास गरी फिल्मको फाइट सिक्वेन्सका लागि मैले एक डेढ महिना अभ्यास गर्नुपर्छ’, उनले भने । फिल्म ‘फूल और काँटे’मा अभिनेत्री मधु पनि देखिएकी थिइन् । फिल्मको कथा, गीत र एक्सनलाई दर्शकले खुबै मनपराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट