बारा ४ : प्रतिनिधिसभा सदस्यमा श्रेष्ठ निर्वाचित-Sutra News

बारा ४ : प्रतिनिधिसभा सदस्यमा श्रेष्ठ निर्वाचित

बिहिबार, ८ मंसिर २०७९

बिहिबार, ८ मंसिर २०७९
shram mantri >d, /f]huf/ tyf ;fdflhs ;'/IffdGqL s[i0fs'df/ >]i7 -ls;fg_ zlgaf/ bdf}nLdf g]skf PsLs[t ;dfhjfbL tgx'Fn] cfof]hgf u/]sf] sfo{qmdnfO{ ;Daf]wg ub}{ . t:jL/ M s[i0f Gof}kfg], /f;;

बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार एकबाल मियालाई फराकिलो मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् ।



गठबन्धनका उम्मेदवार श्रेष्ठले ३० हजार दुई सय ५६ मत प्राप्त गर्दा एकबाल मियाँले २० हजार दुई सय ७५ मत प्राप्त गरे । श्रेष्ठले ९ हजार ९ सय ८१ मतको फराकिलो मतान्तरले मियालाई पराजित गरेका हुन् ।

२०७४ सालको निर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका श्रेष्ठले यसपटक बारा ४ बाट चुनाव लडेका थिए । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका श्रेष्ठले बारा ४ लाई नमुना क्षेत्रको रुपमा विकास गर्ने प्रतिक्रिया दिए ।

बाराको चार वटा निर्वाचन क्षेत्रमध्ये अन्य तीन क्षेत्रमा मतगणना जारी छ । जारी मतगणनाअनुसार बारा १ मा नेकपा एमालेका अच्युत मैनाली, बारा २ मा जसपाका रामसहाय यादव र बारा ३ मा नेकपा एमालेकी ज्वालाकुमारी साह अग्र स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट