रवि लामिछानेको चुनावी टोलीमाथि सत्ता गठबन्धनका कार्यकर्ताले गरे आक्रमण, गाडी तोडफोड-Sutra News

रवि लामिछानेको चुनावी टोलीमाथि सत्ता गठबन्धनका कार्यकर्ताले गरे आक्रमण, गाडी तोडफोड

आइतबार, २७ कार्तिक २०७९

आइतबार, २७ कार्तिक २०७९

काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी टोलीमाथि सत्ता गठबन्धनका कार्यकर्ताले आक्रमण गरेका छन्। उक्त आक्रमणमा एक जना घाइते भए भने गठबन्धनका कार्यकर्ताले गाडी पनि तोडफोड गरेका छन्।



लामिछानेको नेतृत्वमा कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको टोलीमाथि फिस्लिङतर्फ गइरहेको गठबन्धनको चुनावी टोलीले आक्रमण गरेको थियो।

रवि लामिछानेको पछाडि रहेको अर्को गाडीमा ढुंगामुढा प्रहार गर्दा गाडी क्षतिग्रस्त भएको थियो। प्रहरीले सत्ता गठबन्धनकै कार्यकर्तालाई सुरक्षा दिएर लगेको बताइन्छ।

लामिछानेले यो आक्रमणलाई सत्ताको आडमा गरेको गुन्डागर्दी भनेका छन्। गठबन्धनबाट रवि लामिछाने उठेको चितवन–२ मा मन्त्री उमेश श्रेष्ठ प्रतिस्पर्धामा छन्। उनी बालुवाटार अतिनिकट मन्त्री हुन्।

आक्रमणमा कांग्रेस चितवनका जिल्ला सदस्य अनमोलद अधिकारी, भरतपुर महानगर समितिका सचिव कृष्ण वाग्लेलगायतको समूह रहेको लामिछानेको पार्टीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट