नेता नभइ जनताको सेवक भएर काम गर्छु– कुन्ति देवी पोख्रेल-Sutra News

नेता नभइ जनताको सेवक भएर काम गर्छु– कुन्ति देवी पोख्रेल

आइतबार, २७ कार्तिक २०७९

आइतबार, २७ कार्तिक २०७९

काठमाडौं क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा राप्रपा केन्द्रीय सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले आममतादाता माझ आफू नेता बन्नको लागि नभई राष्ट्रसेवक भएर काम गर्न चुनाव लडेको बताएकी छिन् ।



उनले काठमाडौं क्षेत्र नं २ शखंरापुर नगरपालिकाको वडा नं २ का मतदातासँग भेटघाटका क्रममा यस्तो बताएकी हुन् । उनले मतदाता नेता कार्यकर्ताको आम समर्थन बृद्धि भइरहेको र आफु जित्नेमा विश्वस्त रहेको उल्लेख गरेकी छिन ।

उनले भनिन्, ‘म नेपालमा कहिल्यै पनि नेता बन्ने छैन, तपाइ आम मतादाताले जिताउनु भयो भने म राष्ट्रसेवक भएर काम गर्ने छु, तपाइहरुकै घर आँगनमा आएर हामी काम गर्ने छौ, यहाँहरुसंग मेरो बरोबर भेटघाट भइरहने छ ।’

उनले नेपालका नेताहरुले जनताको शक्ति लगेर जाने तथा उनीहरुले जितेपछि फेरी भेट्न नआउने हुनाले अव परिवर्तनको आवश्यक्ता रहेको बताइन ।

यति बेला काठमाण्डौ क्षेत्र नं २ मा उनले बनाएका योजनाहरुले यहाँका आम जनताको मन र विश्वास जित्न सफल रहेको स्थानीयवासीहरुले बताइरेहका छन । अबको समय नेपाली समाजको लागि सुनौलो दिनहरु आइरहेकाले राम्रा उम्मेदवारलाइ भोट हालेर जिताउन उनले आग्रह गरेकी छिन ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट