चुनावपछि पनि गठबन्धनकै सरकारः महासचिव गुरुङ-Sutra News

चुनावपछि पनि गठबन्धनकै सरकारः महासचिव गुरुङ

बिहिबार, २४ कार्तिक २०७९

बिहिबार, २४ कार्तिक २०७९

नेकपा (माओवादी केन्द्र)का महासचिव एवं लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार देवप्रसाद गुरुङले चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गर्नुभएको छ ।



लमजुङ दूधपोखरी गाउँपालिका-६ गौँडामा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्नुहुँदै उहाँले मुलुकको आवश्यकता र  विकासका लागि गठबन्धनको सरकारले निरन्तरता पाउनुपर्ने बताउनुभयो ।

प्रतिगामीलाई परास्त गर्दै विकासका लागि गठबन्धनले जित्नुपर्ने उहाँको भनाइ छ । “प्रदेशदेखि सङ्घसम्मै गठबन्धनकै सरकार कायम रहन्छ । कुनै शङ्का नगरी गठबन्धनलाई सबैले सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

खानेपानी, सडक, यातयात, रोजगार लगायतका समस्या समाधानका लागि आफू जनतासँगै साथमा रहने बताउनुभयो ।  लमजुङका जनता र जिल्लाको विकासका लागि आफू मनाङदेखि आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट