कुन्ती पोख्रेलको प्रश्न– अझैपनि र्‍याल चुहाँउदै हिड्ने उमेरका नेताहरुलाई किन चुन्ने ?-Sutra News

कुन्ती पोख्रेलको प्रश्न– अझैपनि र्‍याल चुहाँउदै हिड्ने उमेरका नेताहरुलाई किन चुन्ने ?

बिहिबार, २४ कार्तिक २०७९

बिहिबार, २४ कार्तिक २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले युवा नेतृत्वलाई विजय गराउन अपील गरेकी छिन् ।



‘विदेशी प्रधानमन्त्री आउँदा र्‍याल चुहाएर बस्छन् हाम्रा देशका प्रधानमन्त्री भनेर प्रश्न गर्दै चुनाव प्रचारका क्रममा मंसिर ४ मा हुने चुनावलाई मंसिर ६ गते हुन्छ, भनेको पनि सामाजिक सञालमा छरपस्ट भएको पाइन्छ । यसले पनि के देखाउँछ भने शरीरसँगै उहाँको दिमाग पनि बुढो भइक्यो । त्यसैले अब उहाँहरुले जस्ता नेताले विश्राम लिने बेला भइसक्यो । त्यसकारण पनि हामीजस्ता युवाले चुनाव जित्न आवश्यक छ भनेको हुँ,’ कुन्तीले भनिन् ।

नेपालमा हालसम्म भएका सबै पूर्वप्रधानमन्त्रीहरुसँग हिम्मत भए आफूसँग चुनाव लड्न आउन चुनौति दिएकी छिन् । पत्रकारहरुसँग कुराकानी गर्दै उनले यदि उहाँहरु इच्छुक हुनुहुन्छ भने आउन सक्नुहुन्छ म उहाँहरुलाई पराजित गर्न सक्षम छु’, कुन्तीले भनिन् ।

उनले भनिन्, ‘उहाँहरुसँग लामो राजनीतिक अनुभव छ, सोझासादा जनतालाई झुक्याएर चुनाव जितेका क्षणहरु पक्कै छन्, आफू हारिने डरले गठबन्धन गरेर सामदाम दण्डभेद प्रयोग गर्न जान्नुहुन्छ होला तर एकपटक काठमाडौं को क्षेत्र नं २ मा आएर चुनाव लडेर देखाउनुस् । तपाईंहरुका सारा तिकडम हामी कसरी असफल पार्छौं र तपाईंहरुलाई नेपालको राजनीतिबाट सदाका लागि कसरी विदा गर्छौ त्यो हेर्न काठमाडौं क्षेत्र नं २ आउनुस ।’

उनले काठमाडांै क्षेत्र नं २ का जनताले त्यस्ता राष्ट्रघाति देसद्रोहीहरुलाई हराउन सक्षम भएको समेत उल्लेख गरिन् । उहाँले भनिन उहाहरु सोझासादा जनता झुक्याउन विभिन्न क्षेत्र चाहार्ने विभिन्न प्रलोभन देखाएर जनतालाई आँखामा छारो हाल्ने काम गरिएको उनको भनाइ रहेको छ । उनकाअनुसार यो बेला कुनै प्रधानमन्त्री फ्रि टिकटको प्रलोभन देखाएर हिडिँरेहेका छन् । एकपटक देशको प्रधानमन्त्री भएको मानिसले यति लज्जास्पद कुरा गरेर हिड्नु देशको लागि विम्वना भएको हो ।

उनले भनिन, केही क्षेत्र परिवर्तन गरेर गोरखातिर लागेका छन्, कोही रौतहटतिर फ्रि टिकट मिलाइदिन्छु भनेर हिडिंरहेका छन् । कोही हेलिकेप्टर चढेर आउन सक्नेलाई भोट दिनु पर्ने बताउँदै सुदूरपश्चिमतिर हिँडिरहनुभएको छ । त्यसैले यस्ता टुंगो नभएका शीर्ष नेताको भरमा यो देश कहाँ पुग्ला तपाईंहरु आफै सोच्नुहोस् पोख्रलले भेटकाक्रममा मतदातालाई प्रश्न गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट