‘प्रधानमन्त्री देउवा दम नभएको मान्छे, प्रचण्डपथ भड्कालोमा लैजाने पथ’ (भिडियोसहित)-Sutra News

‘प्रधानमन्त्री देउवा दम नभएको मान्छे, प्रचण्डपथ भड्कालोमा लैजाने पथ’ (भिडियोसहित)

शुक्रबार, २४ असार २०७९

शुक्रबार, २४ असार २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री निकाल्ने हुति नभएको बताएका छन् । शुक्रबार ओखलढुंगाका एमाले नेता छबी कार्कीको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा गरेका हुन् ।



उनले अर्थमन्त्री जनार्दन शर्माले आफैं राजीनामा नदिएको भए देउवासँग हटाउने खुबी नभएको बताए । उनले मन्त्रीले जे गरे पनि देउवाले हेरेर मात्र बस्ने बताए । उनले भने कांग्रेसको हुती नै छैन । दम नै छैन । यसपटक पनि मन्त्रीले आफैं राजीनामा दिएर हो ।

उनले प्रचण्डपथ भनेको देशलाई अँध्यारो र भड्कालोमा लैजाने पथ भएको पनि बताए । माओवादी जनयुद्धले निहत्था मान्छेको ह-त्या र राज्यको अर्बौ क्षति पुर्याउँनुबाहेक कुनै पनि औचित्य पुष्टि गर्न नसकेको उनको भनाई छ ।

उनले भने – ‘माओवादीले के का लागि हतियार उठाएको थियो ? आजसम्म उसले जवाफ दिएको छैन । आजको प्रश्न सुनेर भोलि पर्सी प्रचण्डले जवाफ दिए हुन्छ । महान जनयुद्ध उनीहरुले के पाएर छाडे ? बहुदलीय व्यवस्था र विघटित संसदको पुनस्र्थापनाको लागि १७ हजार मान्छे मारेको हो ? फास्ट ट्र्याकबाट सत्तामा जानेबाहेक अरु कुनै उद्देश्य थिएन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट