

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्थमन्त्री जनार्दन शर्माले उठेका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन् । बुधवार नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले सो कुरा गरेका हुन् ।
उनले यस्तो सवालमा कसैले हेलचेक्राई गर्न नहुने पनि बताए । अर्थमन्त्रीका विषयमा धेरै कुरा उठिसकेपछि सम्बन्धित पार्टीले नै जवाफ दिनुपर्ने उनको भनाई छ । उनले गल्ती कमजोरी भए सम्बन्धित व्यक्तिले नै जिम्मेवारी लिनुपर्ने र टनाका विषयमा निष्पक्ष रूपमा छानबिन गरी सत्य तथ्य बाहिर ल्याउनुपर्ने बताए ।
बाहिर आएको विषय सत्य हो भने अर्थमन्त्रीले राजीनामा दिनुपर्ने पनि उनको भनाई छ । अर्थ मन्त्रालयमाथिको घटना निकै गम्भीर विषय भएको उनले बताए ।