अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन हुने-Sutra News

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन हुने

बुधबार, २२ असार २०७९

बुधबार, २२ असार २०७९

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन हुने भएको छ । चौतर्फि बजेट निर्माण प्रकृयामा अनाधिकृत व्यक्तिको संलग्नता र उक्त घटना लुकाउन सिसिटिभी फुटेजसमेत डिलिट गरेको अर्थमन्त्री शर्मामाथि आरोप छ ।



एमालेले अर्थमन्त्री शर्माको राजीनामासहित यस घटनाको छानविनको माग राख्दै आएको थियो । यसैबीच एमालेको मागबमोजिम अर्थमन्त्री माथि संसदीय छानविन समिति ६ सदस्यीय गठन हुने भएको हो ।

एमाले संसदीय दल र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित अन्य दलहरू समेतको परामर्शपछि यस घटनाको छानबिनको लागि समिति गठन हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट