शेयर बजारमा नायीका पुजा शर्माको अनुभव, कमाइन् कि गुमाइन् ? (भिडियोसहित)-Sutra News

शेयर बजारमा नायीका पुजा शर्माको अनुभव, कमाइन् कि गुमाइन् ? (भिडियोसहित)

मंगलबार, २१ असार २०७९

मंगलबार, २१ असार २०७९

नायीका पुजा शर्मा चलचित्र बनाउने र अभिनयन गर्नमा मात्र सिमित छैनन् । उनी चलचित्रका अलवा अन्य आम्दानीका गतिविधिमा पनि उत्तिकै सक्रिय छिन् । हालै सुत्र टिभीसँग भएको संवादमा उनले शेयर बजारमा आफ्नो लगानी रहेको खुलासा गरिन् ।



शेयर बजारप्रति कत्तिको नलेज छ भन्ने प्रश्नमा उनले सुरुमा शेयर बजारमा त्यस्तो नलेज नभएपनि लगानी गरेको बताइन् । उनले अहिले बजार घेटेको हुँदा लगानी पनि आधा घटेको अनुभव सुनाइन् ।

शेयर बजारमा लगानी गर्न थालेपछि उनले यससम्बन्धी समाचार, अन्तर्वार्ता र बहसहरु नियमित हेर्ने र सुन्ने गरेको बताइन् ।

नायीका शर्माले बजारमा लागानी गर्दा कति कमाइन् वा गुमाइन् उनकै शब्दमा सुनौं:-

शेयर बजारमा नलेज त थिएन, तर मैले पैसाचाहीँ हाल्देको छु । अब अहिले वानको फिफ्टी भाछ । अहिले घटिरहेको छ । अहिले पुरै शेयर मार्केट घटेको छ । तर म यसलाई नराम्रो भन्दिन । किनकी त्यो अहिले हामीले बेचेका छैनौं । त्यो होल्डमा छ । त्यो मेरो पैसा त्यहीँ छ । एक दिन त बढ्ला । आइ थिङ्क, अलमोस्ट सबैलाई राम्रो भको थियो यो मार्केटले । अहिले अलिकति क्राइसिसहरु अलि बेसी भएरपनि शेयर मार्केटमा ध्यान पुर्याको छैन । कतिपय चिजहरुमा शेयर मार्केटको बहशहरु, आफु संलग्न भइसकेपछि हेर्ने गर्छु । अलिकति आशा आउँछ । हिजोअस्ति अलि बढ्या जस्तो भको थियो दुई तीन दिन खुशी लाग्या थियो । फेरी घट्यो । मेरो पैसा छ, त्यो चिज त्यहीँ छ भन्ने छ । एक दिनचाहीँ राम्रो होला भन्ने सोचमा छु । लगानी गरेको कम्पनीको बारेमा मलाई यसरी थाहा हुँदैन, मेरो मान्छेले चलाइदिनु भको छ । मैले पैसा हालेको हो । मलाई यो कम्पनी यो शेयर मार्केट म खेल्न जान्दिन । जस्तो दिनमा आज के कति भयो भन्ने.चाहीँ हेर्ने गर्छु । मैले सुरुमा ट्वान्टीफाइभ त्यस्तै हालेको थिए । पछि एकचोटी ह्वात्तै बढेको थियो । बढ्दाखेरी ल हाल भनेपछि फेरी हाले, वानसम्म हालेको हो मैले । अहिले त्यहीँ छ । यहि लकडाउन देखि सुरु गरेको हो ।

नोटः नायीका शर्माले ट्वान्टीफाइभ र वान सम्म भनेपनि त्यो कति रकम हो  ? भन्नेबारे खुलाएकी छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट