कम्युनिस्ट पार्टीलाई एकता गराएर काँग्रेसलाई एक्ल्याउने रणनीति-Sutra News

कम्युनिस्ट पार्टीलाई एकता गराएर काँग्रेसलाई एक्ल्याउने रणनीति

सोमबार, २० असार २०७९

सोमबार, २० असार २०७९

काठमाडौं – विभिन्न समूहमा विभाजित भएका कम्युनिस्ट पार्टीहरुलाई फेरि एकठाउँमा ल्याउन छलफल सुरु हुन थालेको छ । कम्युनिस्टहरुबीच एकता बनाउन वामदेव गौतम निरन्तर लागिपरेका छन् । कम्युनिस्टहरुलाई एक ठाउँमा ल्याउने अभियानमा लागेका गौतमले एकपछि अर्का शिर्ष नेताहरुलाई भेट गरिरहेका छन् ।



नेकपा विभाजन र खारेजीपछि राजनीतिबाट निष्क्रिय रहेका गौतम झण्डै एक बर्षपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्न पुगे । ओलीलाई भेट्न उनकै निवास पुगेका वामदेवले पार्टी एकताको प्रस्ताव गरेका थिए । सम्भव भएसम्म वाम एकता नभएमा आगामी निर्वाचनमा पार्टी मोर्चा बनाएर जानुपर्ने कुरा वामदेवले ओलीसँग राखे ।

वामदेवले आइतबार पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकुत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, यही पार्टीका सम्मानीत नेता झलनाथ खनाल र माओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि एकैपटक भेट गरे । हात्तीवन स्थित एक अपार्टमेन्टमा भएको उनीहरुबीचको भेटमा पछिल्लो राजनीतिक अवस्था, निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धन बारे छलफल भएको बताइएको छ ।

वामदेवले कम्युनिस्ट पार्टीहरुलाई एकता गराउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र ओलीलाई नजिक बनाउन खोजिरहेका छन् । दुवैलाई नजिक्याउन मध्यस्थकर्ता बनेका बामदेव आफ्नो अभियानलाई निरन्तरता दिएका छन् । आउँदो प्रतिनिधि सभा र संघको चुनाव नहुँदै एकता गराउने उनको सोच छ ।

२०७४ को स्थानीय चुनावमा बनेको गठबन्धन प्रतिनिधि सभा र संघको चुनावसम्म पनि टिक्न सकेको थिएन । प्रचण्ड ओलीसँग मिल्न जाँदा नेपाली कांग्रेसलाई झड्का लागेको थियो । यदि अहिले पनि कम्युनिस्ट पार्टीहरु एक हुने अवस्थामा पुगेमा फेरि कांग्रेस सभापति शेरबहादुर देउवालाई ठुलो झड्का लाग्ने देखिन्छ ।

माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले गठबन्धन आउँदो चुनावसम्म नै जान्छ भने पनि टिक्न नसक्ने अनुमान पनि लगाउन थालिएको छ । गएको स्थानीय तहको निर्वाचनमा आफूले चाहेको ठाउँमा र मतपरिणाम ल्याउन नसक्दा एस पार्टी असन्तुष्ट बनेको थियो ।

प्रचण्डले पनि चुनावपछि कांग्रेसप्रति असन्तुष्ट रहेका थिए । एमालेलाई गाली गर्न पछि नहट्ने एकीकृत समाजवादीका नेता खनाल पनि अहिले एकताको कुरा गर्न थालेका छन् । यदि सबै कम्युनिस्टहरुबीच एकता बनेमा कांग्रेस एक्लीन्छ भन्न सकिदैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट