ओलीले सरकारको प्रस्ताव मानेनन्-Sutra News

ओलीले सरकारको प्रस्ताव मानेनन्

सोमबार, २१ भाद्र २०७८

सोमबार, २१ भाद्र २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको प्रस्ताव अस्वीकार गरेका छन् । ओलीले नियम निलम्बन गरेर बजेट पास गर्ने प्रस्ताव अस्वीकार गरेको सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।



कार्की केही दिनअघि प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न बालकोट पुगेका थिए । मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा कार्कीले २३ भदौदेखि सुचारु हुने संसदको अधिवेशन र आफूहरु प्रतिपक्षसँग वार्ताद्वारा बजेटका सम्बन्धमा निष्कर्षमा पुग्ने बताए ।

कार्कीले मन्त्रिपरिषद्ले चाँडै नै पूर्णता पाउने पनि बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट