अध्यक्ष ओलीको तर्क- सरकार र कुबाटोमा गाडी कुदाउने ड्राइभर उस्तै-Sutra News

अध्यक्ष ओलीको तर्क- सरकार र कुबाटोमा गाडी कुदाउने ड्राइभर उस्तै

मंगलबार, १५ भाद्र २०७८

मंगलबार, १५ भाद्र २०७८

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजिएको आरोप लगाएका छन् ।



नेकपा एमाले झापा-काठमाडौं सम्पर्क मञ्चले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा ओलले स्वार्थहरूका पोका एक ठाउँ भेला पारेर अहिलेको सरकार गठन गरिएको र राजनीतिलाई पनि कुबाटोबाट हिँडाउन खोजिएको आरोप लगाएका हुन् ।

ओलीले अहिले शेरबहादुर देउवा नेतृत्वको सरकार र कुबाटोमा गाडी कुदाउने ड्राइभर उस्तै भएको तर्क गरे । त्यस्तै ओलीले अहिलेका सभामुख राजमार्गबाट हिँड्न नमानेको जिकिर गर्दै निर्वाचन आयोगले पनि सडक छाड्न खोजेको बताए ।

उनले पछिल्लो समय अदालतले बाटो बिराउदै गएको उल्लेख गरे । उनले गठबन्धनको गठजोड चुनावमा गएपछि देखिने बताए । अहिले मुलुकमा अलोकतान्त्रिक जस्तो अभ्यास भइरहेकाले चिन्ताका बिषय भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट