आफूलाई साथ दिएका सबै सांसद सनाखतका लागि आयोगमा जाने कुरामा माधव नेपाल छैनन् ढुक्क-Sutra News

आफूलाई साथ दिएका सबै सांसद सनाखतका लागि आयोगमा जाने कुरामा माधव नेपाल छैनन् ढुक्क

मंगलबार, ८ भाद्र २०७८

मंगलबार, ८ भाद्र २०७८

काठमाडौँ । प्रस्तावित नेकपा एकीकृत समाजवादीका संयोजक तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपाल एमालेलाई निर्वाचन आयोगले सनाखतका लागि  समय तोकेर बोलाएको छ । 



एमालेबाट अलग्गिएर माधवकुमार नेपालले एकीकृत समाजवादी दल दर्ताका लागि आयोगमा दिएको निवेदनउपर कारबाही प्रक्रिया अघि बढाइएको हो । 

एकीकृत समाजवादी दल दर्ताका लागि नेताहरुको सनाखत गर्न बुधबार बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म कार्यालयमा उपस्थित हुन समय दिइएको छ ।

यता माधव नेपाललाई आफ्नो पक्षका सांसद र केन्द्रीय सदस्य जोगाउन ठुलो चुनौती रहेको छ । त्यसका लागि उनले केन्द्रीय सदस्यहरुलाई चन्द्रागिरी रिसोर्टमा व्यवस्थापन गरेका छन् ।

५८ केन्द्रीय सदस्यमध्ये केहीले अझै पनि माधव नेपालको साथ छोड्न सक्ने संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट