माधव पक्षमा गएका नेताहरूको भविष्य अन्धकार छ: अध्यक्ष ओली-Sutra News

माधव पक्षमा गएका नेताहरूको भविष्य अन्धकार छ: अध्यक्ष ओली

बिहिबार, ३ भाद्र २०७८

बिहिबार, ३ भाद्र २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहसँग नाम जोडिएका नेताहरुलाई पार्टीमा फर्कन आह्वान गरेका छन् ।



एमाले जिल्ला कमिटी भक्तपुरले बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपालको लिस्टमा नाम लेखेर निर्वाचन आयोगमा नाम दर्ता गराउनेलाई पार्टीमा फर्कन आह्वान गरेका हुन् ।

उनले माधव पक्षमा गएका नेताहरुको भविष्य अन्धकार रहेको तर्क गर्दै आफ्नो पार्टीमा रहेका नेताहरुलाई आवश्यक जिम्मेवारी दिइने बताए । अध्यक्ष ओलीले अहिलेको सरकारले गलत प्रचार बाहेक देश विकास गर्ने दृष्टिकोण नभएको आरोप लगाए ।

माधव नेपालसँग देश विकासको कुनै भिजन नै नरहेको भन्दै ओलीले अहिलेसम्म समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा कहिल्यै बोलेको नसुनेको तर्क गरे ।

अध्यक्ष ओलीले अहिलेको सरकारले मन्त्रिपरिषद् समेत पूर्ण रुपमा गठन गर्न नसकेको भन्दै तमाशा मात्र गरेको बताए । त्यस्तै, अध्यक्ष ओलीले एमाले कर्कलाको पातको पानी जस्तो पार्टी नभएको भन्दै एमालेलाई ध्वस्त गर्ने प्रतिक्रियावादीको कदम सफल नहुने दाबी गरे ।

उनले सरकारले ल्याएको अध्यादेशको पनि विरोध गर्दै संसदलाई छल्न खोजिएको आरोप लगाए । ओलीले आफू लाग्ने हो भने माधव नेपाल समूहलाई १० प्रतिशत समेत पुर्याउन नसक्ने बनाइदिने दाबी समेत गरे ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट