‘सत्तापक्ष आक्रामक ढंगले प्रस्तुत हुन थालिसक्यो, हामी चुप बस्दैनौं’-Sutra News

‘सत्तापक्ष आक्रामक ढंगले प्रस्तुत हुन थालिसक्यो, हामी चुप बस्दैनौं’

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सत्तापक्ष आक्रामक ढंगले प्रस्तुत हुन थालेको टिप्पणी गरेका छन् । आज बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले यस्तो अवस्थामा आफूहरू केही नगरी नबस्ने बताएका हुन् ।



एमालेकै माधवकुमार नेपाल पक्षले पार्टी पूर्ण रूपमा एक नभएसम्म कुनै गतिविधि नगर्न चेतावनी दिइरहेको सन्दर्भलाई कोट्याउँदै आफूहरू पार्टीको नियमित काम नरोक्ने बताएका हुन् ।

‘स्थानीय निर्वाचन आइसक्यो, सत्ता पक्ष आक्रामक ढंगले प्रस्तुत हुन थालिसक्यो,’ प्रवक्ता ज्ञवालीले भने, ‘यस्तो बेलामा पार्टीलाई कुनै गतिविधी गर्न नदिने काम एमालेको हीतमा हुन सक्दैन । पार्टीको काम चलिरहन्छ । एकता प्रयासका लागि भैरहेका छलफल अर्को ठाउँमा छ ।’

प्रवक्ता ज्ञवालीले अब बस्ने केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव तयार गर्ने बताए । २०७१ सालमा बनेको एमालेको विधान समयानुकूल बनाउन संशोधन गर्न लागिएको ज्ञवालीको तर्क छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट