माओवादीमा मन्त्री छान्नै सकस, पेरिसडाँडामा स्थायी कमिटी बैठक शुरू-Sutra News

माओवादीमा मन्त्री छान्नै सकस, पेरिसडाँडामा स्थायी कमिटी बैठक शुरू

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरू भएको छ । बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको बारेमा छलफल हुने बताइएको छ ।



कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको एक महिना पुग्नै लाग्दा पनि सत्तारूढ गठबन्धनले मन्त्रीहरूको टुंगो लगाउन सकेको छैन ।

माओवादीबाट सरकारमा सामेल हुने मन्त्रीहरूको टुंगो लगाउन नसकेका कारण अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई तनाव रहेको पटक-पटक बताउने गरेका छन् ।

देउवासँगै माओवादीका तर्फबाट पम्फा भुसाल र जनार्दन शर्माले सपथ लिएका छन् । बाँकी मन्त्रीको टुंगो माओवादी केन्द्रले अहिलेसम्म लगाउन सकेको छैन ।

आकांक्षी धेरै भएकाले मन्त्री छान्न सकस बढेको हो । आज बसिरहेको बैठकमा मन्त्रीका लागि मापदण्ड तोक्ने विषयमा पनि छलफल हुने स्रोतको दाबी छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट