थप २ हजार ४७४ जनामा कोरोना संक्रमण, २४ को मृत्यु-Sutra News

थप २ हजार ४७४ जनामा कोरोना संक्रमण, २४ को मृत्यु

बिहिबार, १० असार २०७८

बिहिबार, १० असार २०७८

बितेको २४ घण्टामा नेपालमा थप २४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५९ हजार ३६५ पुगेको छ ।



यो अवधिमा १२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर बिधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा नेपालमा थप २५१८ जना संक्रमणमुक्त भएका छन् ।  

त्यस्तै पछिल्लो २४ घण्टामा जम्मा २४ जनाले कोरोना भाइरसबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट