नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६४१ पुग्यो-Sutra News

नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६४१ पुग्यो

शुक्रबार, ४ असार २०७८

शुक्रबार, ४ असार २०७८

मुलुकभर पछिल्लो २४ घण्टामा नेपालमा ४४ जनाले कोरोना भाइरस बाट ज्यान गुमाएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ६४१ पुगेको छ ।



यस्तै २४ घण्टामा नेपालमा थप २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ८०८ पुगेको छ ।

सोही अवधिमा देशभर ४ हजार २० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ४९ हजार ६८२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट