थप २ हजार ७४५ जनामा संक्रमण, ४१ को मृत्यु-Sutra News

थप २ हजार ७४५ जनामा संक्रमण, ४१ को मृत्यु

मंगलबार, १ असार २०७८

मंगलबार, १ असार २०७८

काठमाडौं । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप  २ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ३४ हजार ६०५ पुगेको छ ।



त्यस्तै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ हजार १८७ जना निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ४० हजार ४३९ पुगेको छ ।

सोही अवधिमा नेपालमा थप ४१ संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरसबाट हालसम्म नेपालमा ८ हजार ५०६ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट