अष्ट्रेलियाका प्रतिष्ठित व्यवसायी जोन घलेले गरे गोरखामा खाद्यान्न र स्वास्थ्यसामग्री वितरण-Sutra News

अष्ट्रेलियाका प्रतिष्ठित व्यवसायी जोन घलेले गरे गोरखामा खाद्यान्न र स्वास्थ्यसामग्री वितरण

बिहिबार, २७ जेष्ठ २०७८

बिहिबार, २७ जेष्ठ २०७८

विपद्का सहयात्री उर्फ जोन घलेले कोरोनाको दोस्रो लहरमा गोर्खाको विकट ठाउँ मानिने धार्चेसहित अन्य ठाउँमा आवश्यक खाद्यान्नसहित स्वास्थ्यसामग्री वितरण गरेका छन् ।



विपदका बेला सामाजिक सेवा गरिरहने घलेले सवारी साधनबाट ढुवानी गर्न नसकिने क्षेत्रहरुमा पनि मानिस तथा खच्चडबाट खाद्यान्न ढुवानी गरेर पीडितलाई सहयोग गरेका हुन् । धार्चे ७ मा पर्ने ठाँटी भन्ने ठाउँमा रहेका ३२ घर धुरीमा खच्चडबाट चामल, दाल, नुन, तेल लगायत खाद्यान्न सामग्री ढुवानी गरी वितरण गरिएको घलेले बताए ।

John Ghale 4.jpg

धार्चेको भिरकुना, खानीगाउँ, खानीबेंसी, लापुबेंसी, लिदिङ लगायतका ठाउँहरुमा दुई सय ७५ घुरधुरीका परिवारलाई उनले खाद्यान्न सहयोग गरेका हुन् ।

उक्त खाद्यान्न उनका आफन्त राम मगर र सन्तोष घलेले हस्तान्तरण गरेका थिए । गाउँपालिकाका सबै वडाहरुमा गरी २ सय ६५ घरधुरीमा खाद्यान्न पुगेको घलेले जानकारी दिए ।

John Ghale 6.jpg

राहत अभियानमा स्थानीय जनप्रतिनिधिले पनि उनलाई सघाएका छन् । प्रतिनिधि सभा क्षेत्र नम्बर १ का निवर्तमान सांसद हरिराज अधिकारी, उनका व्यवसायी सहयोगी कृष्ण घिमिरे, परिमार्जन राम मगर, सन्तोष गुरुङ, पुनम गुरुङ, सन्त गुरुङ (विष्फोट)ले समेत अभियानलाई सार्थक बनाउन सहयोग गरेको घलेको भनाइ छ ।

John Ghale 8.jpg

घलेले २०७२ सालको भूकम्पमा पनि यस्तै सामाजिक सहयोग अभियान संचालन गरेका थिए । सामान्य किसान परिवारमा जन्मेका घले अहिले अष्ट्रेलियाको मेलबर्नमा परिचित व्यवसायी बनेका छन् ।

घलेले पहिलो लकडाउनमा जिल्लाका विभिन्न स्थानमा गरी पाँच सय बोरा चामल, पाँच सय किलो दाल र पाँच सय लिटर खाने तेल वितरण गरेका थिए ।

John Ghale 8.jpg

अभियानले गोरखामा क्रियाशिल पत्रकारहरुलाई पनि समेटेको छ । पत्रकार तथा सञ्चारकर्मीहरुलाई पनि सहयोग गर्नुपर्छ भनी अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको घलेले बताए ।

जसअन्तर्गत गोरखा पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटालाई स्थानीय पत्रकारहरुको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तारतरण गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट