नागरिकता अध्यादेशविरूद्धको रिटमाथि सर्वोच्चमा सुनुवाइ हुँदै-Sutra News

नागरिकता अध्यादेशविरूद्धको रिटमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

बिहिबार, २७ जेष्ठ २०७८

बिहिबार, २७ जेष्ठ २०७८

नागरिकता अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।



नागरिकता अध्यादेशविरूद्धको रिटमा सुनुवाइ गर्नका लागि आजको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

केही समय अघि सरकारको सिफारिसमा राष्ट्रपतिले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।

आज सरकारी पक्षको धारणा सुनेपछि इजलासले अन्तरिम आदेश दिने/नदिने निर्णय गर्ने अदालत स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट