अर्घाखाँचीमा जीप दुर्घटना, चालकको मृत्यु-Sutra News

अर्घाखाँचीमा जीप दुर्घटना, चालकको मृत्यु

बिहिबार, २७ जेष्ठ २०७८

बिहिबार, २७ जेष्ठ २०७८

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।



मृत्यु हुनेमा भुमिकास्थान –९ कागाडीका २९ वर्षीय चालक रामबहादुर नेपाली रहेका छन् ।   

लु १ च ६१६८ नम्बरको डबल क्याप जिप भुमिका स्थानको ढिकुराबाट डेभातर्फ जाँदै गर्दा भुमिकास्थान ९ तारिकेमा दुर्घटना भएको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट