गण्डकी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिंदै, मत पाउने संभावना निकै कम-Sutra News

गण्डकी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिंदै, मत पाउने संभावना निकै कम

बिहिबार, २७ जेष्ठ २०७८

बिहिबार, २७ जेष्ठ २०७८

गण्डकी प्रदेशको प्रदेश सभा बैठक आज बस्ने भएको छ । आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।



६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउनका लागि कुल ३१ मत आवश्यक पर्छ ।  

पछिल्लो घटनाक्रम र अङ्क गणितलाई हेर्दा दुवै पक्षमा बहुमत जुट्ने सम्भावना कम छ ।

विपक्षी गठबन्धनमा लागेको राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले पार्टीको निर्णयभन्दा विपरीत पृथ्वी सुब्बा नेतृत्वको सरकारलाई समर्थन गर्ने दोहो¥याउँदै आएका छन् । संसद्मा अहिले विपक्षी गठबन्धनमा खुलेको ३० र सरकार पक्षमा खुलेका २८ मत छ । विपक्षमा नेपाली कांगे्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक) र जनता समाजवादी पार्टीका दुई तथा राष्ट्रिय जनर्मोचाका दुई सांसद छन् ।

मुख्यमन्त्रीको पक्षमा रहेर मन्त्री बनेका  स्वतन्त्र सांसद दीपक मनाङेले विपक्षी गठबन्धनलाई साथ दिने संकेत गरेका छन् । यसकारण मूख्यमन्त्री गुरुङले विश्वासको मत पाउने संभावना कम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट