मन्त्रालयबाट बिदाई हुँदै निवर्तमान मन्त्री आलेले भने- नागरिक र देशको सेवामा सधैँ लाग्नेछु-Sutra News

मन्त्रालयबाट बिदाई हुँदै निवर्तमान मन्त्री आलेले भने- नागरिक र देशको सेवामा सधैँ लाग्नेछु

बुधबार, २६ जेष्ठ २०७८

बुधबार, २६ जेष्ठ २०७८

निवर्तमान वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले आफू नागरिकको सेवामा सदैब कटिबद्ध रहने बताएका छन्  ।



मन्त्रालयलले आज सिंहदरबारमा गरेको बिदाइ कार्यक्रममा उनले आफू मन्त्री नरहँदा पनि नागरिक र देशको सेवामा सधैँ लागिरहने बताएका हुन्  ।

आफ्नो पाँच महिने कार्यकालमा मन्त्रालयमा रहेर विभिन्न विकासका काम भएको स्मरण गर्दै उहाँले नागरिकलाई प्रत्यक्ष प्रभाव पर्ने काम तत्काल गर्न समेत कर्मचारीलाई आग्रह गरे  ।

पछिल्लो समय विश्वव्यापी महामारीका रूपमा फैलिइरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारसँगै कर्मचारी पनि लाग्नु पर्नेमा उनले जोड दिएका छन्  ।

सो अवसरमा आलेले आफूलाई विश्वास गरेर जनताको सेवा गर्ने मौका दिएकामा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति धन्यवाद ज्ञापन गरे  ।

कार्यक्रममा मन्त्रालयका सचिव डा प्रेमनारायण कडेँललगायतका कर्मचारीले निवर्तमान मन्त्री आलेसँग काम गर्दा निकै सौहार्दपूर्ण भएको बताएका छन्  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट