धानको बीउ राख्न जाँदा खोलामा डुबेर एकको मृत्यु-Sutra News

धानको बीउ राख्न जाँदा खोलामा डुबेर एकको मृत्यु

बुधबार, २६ जेष्ठ २०७८

बुधबार, २६ जेष्ठ २०७८

सन्धिखर्कमा बागी खोलामा डुबेर आज एक जनाको मृत्यु भएको छ ।



सन्धिखर्क –११ माटेस्थित बागी खोलामा निर्माणाधीन पक्की पुलको नजीकै जम्मा भएको पानीमा डुब्दा रामपतका कुलबहादुर कुमालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए  ।

 उनन्चास वर्षीय कुमाल माटेस्थित आफ्ना खेतमा धानको बीउ राख्ने काम सकेर घर फर्कँदै गर्दा एक्कासि लड्न पुग्दा पानीमा डुबेर मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट