मन्त्रालयबाट अनुचित लाभ प्राप्त नहुँदा अनर्गल प्रचार गरियो- पूर्वमन्त्री आले [ पत्रसहित ]-Sutra News

मन्त्रालयबाट अनुचित लाभ प्राप्त नहुँदा अनर्गल प्रचार गरियो- पूर्वमन्त्री आले [ पत्रसहित ]

मंगलबार, २५ जेष्ठ २०७८

मंगलबार, २५ जेष्ठ २०७८

पूर्वमन्त्री प्रेम आलेले कान्तिपुरका पत्रकार अब्दुल्लाह मियाले आफूमाथि लगाएको आरोप झुटो भएको बताएका छन् ।



मंगलवार एक विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री आलेले यस्तो बताएका हुन् ।

उनले पत्रकार मियाँले मन्त्रालयबाट लाभ लिन खोजेको तर नपाएको कारणले अनर्गल प्रचार गरेको आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासङ्घ, कान्तिपुर प्रतिष्ठान शाखाले पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की आएको भन्दै भत्र्सना गरेको थियो  ।

कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक, महासङ्घका पूर्व केन्द्रीय सदस्य तथा कान्तिपुर प्रतिष्ठानका सदस्य मियाँलाई निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले अन्तरवार्ताका लागि टेलिफोन कुराकानी गर्ने क्रममा सोमबार काठमाडौँमा दुव्र्यवहार र धम्क्याएको घटनाप्रति भत्र्सना गरिएको हो ।

 प्रतिष्ठानले घटनामा संलग्न निवर्तमान मन्त्री आलेलाई कानूनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षित र निर्वाधरूपमा काम गर्ने वातावरण बनाउन सरकारलगायत सम्बन्धित निकायसँग मागसमेत गरेको थियो ।

Prem-Ale-Press-Releaser.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट