संसद विघटनविरुद्धको रिटमा मंगलवार पनि भएन सुनुवाइ-Sutra News

संसद विघटनविरुद्धको रिटमा मंगलवार पनि भएन सुनुवाइ

मंगलबार, २५ जेष्ठ २०७८

मंगलबार, २५ जेष्ठ २०७८

काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा मंगलवार पनि सुनुवाइ हुन् सकेन ।



गत आइतवार ‘हेर्दाहेर्दै’मा राखिएको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हिजो प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्वस्थ भएको कारणले बस्न नसकिएको सुचना सार्वजनिक गरिएको थियो ।

प्रधानन्यायाधीश जबराले आइतबार आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन गरेका थिए ।

इजलासमा भएका न्यायाधीशहरूमाथि नै प्रश्न उठेपछि अघिल्लो सातादेखि यो इजलास मुद्दाको मूल विषयमा अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट