काँग्रेस र एमालेको सहयोगले जोगियो सुदुरपश्चिम सरकार, मुख्यमन्त्रीले पाए विश्वासको मत-Sutra News

काँग्रेस र एमालेको सहयोगले जोगियो सुदुरपश्चिम सरकार, मुख्यमन्त्रीले पाए विश्वासको मत

मंगलबार, २५ जेष्ठ २०७८

मंगलबार, २५ जेष्ठ २०७८

नेपाली काँग्रेस र एमालेले सहयोग गरेपछि सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाएको छ ।



प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम सुदूरपश्चिम प्रदेशका  मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिन प्रस्ताव पेश गरेका थिए ।

प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्रीको पक्षमा ३० मत प्राप्त भयो भने उनको विपक्षमा ९ मत परेको थियो  ।

नेपाली काँग्रेसले तटस्थ बस्ने निर्णय गरेसँगै काँग्रेसका १२ सांसद मतदान प्रक्रियामा सहभागी भएनन् । 

आज मंगलबार बिहान बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेको थियो । 

त्यस्तै मतसम्बन्धी प्रस्तावबारे प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले तटस्थ भूमिका निर्वाह गर्ने बताएको थियो। 

 एमालेका सभामुखसहित २५ जना सांसद रहेको सभामा ओली पक्षका ७ र माधव नेपाल पक्षका १८ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट