पछिल्लो २४ घण्टामा थपिए २८ सय १७ संक्रमित-Sutra News

पछिल्लो २४ घण्टामा थपिए २८ सय १७ संक्रमित

आइतबार, २३ कार्तिक २०७७

आइतबार, २३ कार्तिक २०७७

काठमाडौं- पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा थप २८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  आज थप भएकोसमेत अहिलेसम्म देशभर एक लाख ९४ हजार ४५३ जना संक्रमित भइसकेका छन् । 



त्यसैगरी आज २८ सय १२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म एक लाख ५७ हजार ९२६ जना संक्रमणमुक्त भइसकेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । 

संक्रमित निको हुने दर ८१.१ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।  हाल देशभर ३५ हजार चार सय १९ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये ३९८ को आइसियू र ८२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट