पछिल्लो २४ घण्टामा कोरोनाबाट निको भए ४ हजार ५ सय-Sutra News

पछिल्लो २४ घण्टामा कोरोनाबाट निको भए ४ हजार ५ सय

शुक्रबार, २१ कार्तिक २०७७

शुक्रबार, २१ कार्तिक २०७७

काठमाडौं– शुक्रबार थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् ।



योसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना निको भइ घर फर्केका छन् । निको हुनेको संख्या एक लाख ५२ हजार ९०८ पुगेको मन्त्रालयले जनाएको छ ।

देशभर शुक्रबार थप १८ जना मृतकमा कोरोना पुष्टि भएको छ । योसहित हालसम्म मृत्यु हुनेको संख्या १ हजार ७०पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ रहेको मन्त्रालयले जनाएको छ । हालसम्म १५ लाख १७ हजार बढीको पिसिआर परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट