तीन हजार ५१ कोरोना संक्रमित थपिए, ३४ सय ३० जना निको-Sutra News

तीन हजार ५१ कोरोना संक्रमित थपिए, ३४ सय ३० जना निको

बिहिबार, २० कार्तिक २०७७

बिहिबार, २० कार्तिक २०७७

काठमाडौं- पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा थप तीन हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



यो अवधिमा १३ हजार ६८ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संंख्या एक लाख ८५ हजार नौ सय ७४ पुगेको छ ।

संक्रमणमुक्त भई आज ३४ सय ३० जना डिस्चार्ज भएका छन् । हालसम्म एक लाख ४८ हजार चार सय आठजना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।  मन्त्रालयका अनअुसार संक्रमित निको हुने दर ७९.८ प्रतिशत छ । 

हाल देशभर सक्रिय संक्रमित ३६ हजार पाँच सय १४ जना रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये चार सय २८ जनाको आइसियू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट