पोखरामा १७९ कोरोना संक्रमित थपिए, ५ को मृत्यु-Sutra News

पोखरामा १७९ कोरोना संक्रमित थपिए, ५ को मृत्यु

बिहिबार, २० कार्तिक २०७७

बिहिबार, २० कार्तिक २०७७

कास्की- गण्डकी प्रदेशको राजधानी पोखरामा थप एकैदिन १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरामा थप ५ जना संक्रमितले ज्यान गुमाएका छन् ।



क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लाइफ केयर एन्ड डाइग्नस्टिकमा गरिएको परीक्षणमा पोखरामा ठुलो संख्यामा संक्रमण पुष्टि भएको हो । निर्देशनालयका अनुसार पोखरामा मात्रै सक्रिय संक्रमितको संख्या १००० नाघेको छ ।

त्यसैगरी पोखरा महानगरपालिका-३२ का ४२ वर्षीय पुरुष, पोखरा-२६ का ७३ वर्षीय पुरुष, पोखरा-२५ का ५२ वर्षीय पुरुष, पोखरा-१६ का ५९ वर्षीय पुरुष र पोखरा १६ कै २८ वर्षीय पुरुषको संक्रमणका कारण ज्यान गएको छ । योसँगै कास्की जिल्लाभार मृतकको संख्या ३८ पुगेको छ ।

पोखराका १७९ सहित प्रदेशभर भने बुधबार २६४ कोरोना संक्रमित थपिएका छन् । अन्य संक्रमितहरुमा स्याङ्जाका २२ जना, तनहुँका १९ जना, नवलपरासी पूर्वका १८ जना, म्याग्दीका १३ जना, लमजुङका ८ जना, गोरखाका ३ जना र पर्वतका २ जना छन् ।

योसँगै प्रदेशमा कुल संक्रमितको संख्या ८ हजार २६४ पुगेको छ । तनहुँका पनि एक संक्रमितको मृत्यु भएसँगै प्रदेशभर मृतकको संख्या ९३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट