एनआरएनएद्वारा १० हजार एन्टिजेन किट सहयोग-Sutra News

एनआरएनएद्वारा १० हजार एन्टिजेन किट सहयोग

बिहिबार, २० कार्तिक २०७७

बिहिबार, २० कार्तिक २०७७

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारलाई १० हजार एन्टिजेन किट सहयोग गर्ने भएको छ ।



कोरोना भाइरस परीक्षणको नतिजा १५ मिनेटमै दिने १० हजार एन्टिजेन किट सरकारलाई सहयोग गर्न लागिएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।

उक्त किट संघलाई जापानको फुजिरियो होल्डिङ्स् कम्पनीले उपल्बध गराएको हो । जसका लागि जापानमा व्यवासायी गर्ने संघका प्रतिनिधि कपिलदेव थापाले विशेष पहल गरेका थिए ।

‘हाम्रा जापानस्थित प्रतिनिधि कपिलदेव थापा जीको विशेष पहलमा संघलाई १० हजार एन्टिजेन किट प्राप्त भएको थियो । भोलि नै हामीले नै स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरणदै गर्दैछौँ,’ उनले भने ।

किटको मूल्य करोड २० लाख नेपाली रुपैयाँ बराबर रहेको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट