कोरोना निको हुने दर वृद्धि-Sutra News

कोरोना निको हुने दर वृद्धि

सोमबार, १७ कार्तिक २०७७

सोमबार, १७ कार्तिक २०७७

काठमाडौं- नेपालभर गत २४ घण्टामा दुई हजार ९३३ मा कोरोना संक्रमण पुष्टि भएको छ भने तीन हजार १५० निको भएका छन् ।



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएका १३ हजार ४४६ को पिसीआर परीक्षणमा उक्त संख्या संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा आज एक हजार ६३० संक्रमित भएका छन् । त्यसमध्ये, काठमाडौंमा एक हजार ३२९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ जना छन् ।

अहिलेसम्म निको हुनेको संख्या एक लाख ३७ हजार ९९२ रहेको छ । नेपालको निको हुनेको दर ७८.२ प्रतिशत पुगेको छ ।

देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमण २४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ । संक्रमित हुने मध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट