महिला प्रतिनिधित्व होइन, नेतृत्व गर्नुपर्छ : डिला संग्रौला-Sutra News

महिला प्रतिनिधित्व होइन, नेतृत्व गर्नुपर्छ : डिला संग्रौला

बुधबार, १७ भाद्र २०७७

बुधबार, १७ भाद्र २०७७

काठमाडौ– कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्र्रौला पन्तले पार्टीमा महिलाले नेतृत्व गर्न खोजेको बताएकी छिन्। मंगलादेवी सिंहको २४औं स्मृति दिवसको अवसरमा मंगलबार ‘मंगलामा र महिला अधिकार’ विषयक कार्यक्रममा बोल्दै डा.संग्रौलाले पार्टीमा महिलाकमो प्रतिनिधित्व मात्र नभई नेतृत्व नै गर्न खोजेको बताएकी हुन्।



मंगलदेवी स्मृति प्रतिष्ठानको संस्थाको संथापक अध्यक्ष समेत रहेकी डा.संग्रौलाले पार्टीको आगामी १४ औं महाधिवेशनबाट महिलाको प्रतिनिधित्व मात्रै नभइ महिलाको सशक्त नेतृत्व आउनुपर्ने बताइन्।

भर्चुअल छलफल कार्यक्रममा बोल्दै सांसदसमेत रहेकी डा.संग्रौलाले सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी कांग्रेसभित्र अझै पनि महिलाहरू प्रतिनिधित्वको पात्र मात्रै बन्दै आएकोले आगामी दिनमा मंगलादेवीले देखाएको नेतृत्व सम्हाल्ने बाटोमा लाग्नुपर्ने धारणा राखिन।

‘हामी अहिले पनि मंगलमाले देखाएको बाटोमा हिँड्न सकेका छैनौँ। उहाँले विशेषगरी तीन कुरालाई विशेष ध्यान दिनुभएको थियो। जुन अहिले पनि सान्र्दभिक छ। राजनीतिमा महिला शसक्तिकरण मंगलमाको मुख्य उद्देश्य हो, डा.संग्रौलाले भनिन्, ‘उहाँले सँधै अधिकार मागरेर पाइँदैन खोसेर लिनुपर्छ भन्नुहुन्थ्यो । त्यो पनि हामीले गर्न सकेका छैनौँ।’

मंगलदेवीले पार्टी र पार्टी बाहिरका महिला, पुरुष समानता र न्यायका लागि सधैं लडिरहेको भनाइ राख्दै डा.संग्रौलाले प्रजातन्त्र स्थापनाका लागि रााणविरुद्ध मंगलदेवीले घरैदेखि लड्न सुरु गरेको स्मरण गराइन् । डा.संग्रौलाले मंगलादेवीकै बाटोमा लाग्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट