पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु-Sutra News

पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

शनिबार, १३ भाद्र २०७७

शनिबार, १३ भाद्र २०७७

काठमाडौं- ललितपुरको पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।



भक्तपुरकी ६२ वर्षीया महिलाको  बिहान र काठमाडौंकी ५१ वर्षीया महिलाको हिजो राति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।

पाटन अस्पतालमा भदौ ८ गतेदेखि उपचाररत भक्तपुरकी महिलाको बिहान मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

काठमाडौंकी ५१ वर्षीया महिला पनि गत साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचारत थिइन् ।उनको राति मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट