मंगलादेवी स्मृति प्रतिष्ठानद्वारा सात प्रदेशमा संयोजक मनोनयन-Sutra News

मंगलादेवी स्मृति प्रतिष्ठानद्वारा सात प्रदेशमा संयोजक मनोनयन

शुक्रबार, १२ भाद्र २०७७

शुक्रबार, १२ भाद्र २०७७

काठमाडौं– मंगलदेवी स्मृति प्रतिष्ठानले सातै प्रदेशमा संयोजक मनोनय गरेको छ। प्रतिष्ठानको शुक्रबार बसेको बैठकले उक्त मनोनय गरेको हो।



मनोनित हुनेहरूमा १ नम्बर प्रदेशमा सुनसरीकी विजया कटुवाल, २ नम्बर प्रदेशमा सिराहाकी संगीता कर्माचार्य, बागमती प्रदेशमा चितवनकी तारा गुरुङ, गण्डकी प्रदेशमा कास्कीकी सध्या पोखरेल, ५ नम्बर प्रदेशको दाङकी गिरिजा न्यौपाने, कर्णाली प्रदेशमा सुर्खेतकी जानकी सिंह र सुदूरपश्चिम प्रदेशमा बझाङकी शान्ति बोहोरा पुजारा छन्।

महिलाको उत्थान र सशक्तिकरणका लागि मंगलदेवी सिंहले खेलेको भूमिकालाई संस्थागत गर्दै समानता र समतामुलक समाज निर्माण गरी महिलालाई राजनैतिक तथा आथिर्क सशक्तिकरण गर्ने उद्देश्यले सात वटै प्रदेशमा संयोजक मनोनयन गरिएको प्रतिष्ठानले जानकारी दिएको छ।

प्रतिष्ठानले मनोनित गरिएका संयोजकहरूलाई संस्थानको विधान र मूल्य–मान्यताभित्र रही भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट