चितवनमा थप १७ जनामा कोरोना संक्रमण-Sutra News

चितवनमा थप १७ जनामा कोरोना संक्रमण

शुक्रबार, १२ भाद्र २०७७

शुक्रबार, १२ भाद्र २०७७

चितवन–कोरोना भाइरस संक्रमणबाट चितवनमा थप १७ जनामा संक्रमित भएका छन्। भरतपुर अस्पतालको रिपोर्टअनुसार खैरहनी नगरपालिकाका १२ जना, भरतपुरका ३ जना, रत्ननगरका १ जना र नवलपुरको गैँडाकोटका एक जनामा संक्रमण पुष्टि भएको हो।



संक्रमितहरू ६ देखि ७९ वर्षसम्मका छन्। भरतपुरका संक्रमितहरू नारायणी सामुदायिक अस्पताल र भरतपुर अस्पतालका हुन्। गैँडाकोटका संक्रमितको पुरानो मेडिकल कलेजबाट स्वाब लिइएको हो। रत्ननगर र खैरहनीका संक्रमितहरू स्थानीय क्वारेन्टिनमा छन्।

चितवनमा कोरोना संक्रमितको संख्या ५१३ जना पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट