काठमाडौं उपत्यकामा २३२ कोरोना संक्रमित थपिए-Sutra News

काठमाडौं उपत्यकामा २३२ कोरोना संक्रमित थपिए

मंगलबार, ९ भाद्र २०७७

मंगलबार, ९ भाद्र २०७७

काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका हुन्।



मंगलबार थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ७ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या भने १६४ पुगेको छ।

मंगलबार थप ३१३ जना कोरोनामुक्त भएका छन्। हालसम्म १९ हजार ११९ जना कोरोनामुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट