एकैदिन ५८१ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा थपिए १६८ संक्रमित-Sutra News

एकैदिन ५८१ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा थपिए १६८ संक्रमित

सोमबार, १ भाद्र २०७७

सोमबार, १ भाद्र २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरि ११ हजार ५ सय २० जनाको स्वाव परीक्षण गरिएको थियो।



योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ। त्यस्तै थप १५९ जना कोरोनामुक्त भएका छन्। हालसम्म १७ हजार ४९५ जना कोरोनामुक्त भएका छन्।

त्यस्तै काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा १०९, ललितपुरमा १५  र भक्तपुरमा १४  जना संक्रमित थपिएका हुन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट