ओली र प्रचण्डलाई कांग्रेस प्रवक्ताको प्रश्न–मान्छेको चित्कारले हामीलाई थोरै पोल्नु पर्दैन ?-Sutra News

ओली र प्रचण्डलाई कांग्रेस प्रवक्ताको प्रश्न–मान्छेको चित्कारले हामीलाई थोरै पोल्नु पर्दैन ?

बुधबार, २८ साउन २०७७

बुधबार, २८ साउन २०७७

काठमाडौं–कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्न गरेका छन्। कोरोना आशंकामा उपचारमा लापरवाही गर्दा वीरगंजमा बालकको मृत्यु भएको घटनालाई लिएर प्रवक्ता शर्माले बुधबार ट्वीटमार्फत् प्रश्न गरेका हुन्।



प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई मेन्सन गर्दै शर्माले ‘सत्ताद्वन्द्व क्रममा मान्छेको चित्कारले हामीलाई थोरै पोल्नु पर्दैन आदरणीय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड ?’ प्रश्न गरे।

‘नौ बर्षका बालकको मृत्युपछि आएको कोरोना नेगेटिभ रिपोर्ट फ्रेममा सजाएर सिंहदरबारमा राख्ने कि धुम्बाराही ?’ भन्दै शर्माले थप प्रश्न पनि गरेका छन्।

मृतक बालकप्रति क्षमा माग्दै शर्माले झाडापखालाबाट नभइ आफूहरूकै अकर्मण्यताले मृत्यु भएको ट्वीटरमा लेखेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट