बारामा वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना संक्रमण-Sutra News

बारामा वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना संक्रमण

सोमबार, ५ साउन २०७७

सोमबार, ५ साउन २०७७

कलैया- बारामा वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।



नारायणी अस्पतालमा गरिएको परीक्षणमा कर्मचारी र जनप्रतिनिधिमा कोरोना पोजिटिभ भेटिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

देवताल गाउँपालिकाका ३४, कलैया उपमहानगरपालिकाका तीन, सुवर्ण गाउँपालिकाका तीन र अरु ६ जना गरी ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

यसैबीच बाराको देवताल गाउँपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सूचना जारी गर्दै गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट प्रदान हुँदै आएका सबै सेवाहरु अर्काे सूचना नहुँदासम्म बन्द गर्न निर्देशन दिएका छन्।

छिमेकी नगरपालिका र गाउँपालिकाबाट देवताल प्रवेश गर्न र गाउँपालिकाभित्र हुने दैनिक आवतजावत् र सवारीसाधन सञ्चालनमा समेत पूर्णरुपमा निषेध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट