थप १५६ जनामा कोरोना संक्रमण, ५८ जना डिस्चार्ज-Sutra News

थप १५६ जनामा कोरोना संक्रमण, ५८ जना डिस्चार्ज

आइतबार, ४ साउन २०७७

आइतबार, ४ साउन २०७७

काठमाडौं- नेपालमा थप १ सय ५६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ५६ थपिएका छन् भने ५८ जना डिस्चार्ज भएका छन्।



योसँगै संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ। शनिबार गरिएको परीक्षणमा ५७ संक्रमित थपिएका थिए। आइतबार पछिल्लो दुई दिनको तुलनामा संक्रमितको संख्या थपिएका छन्।

मन्त्रालयका अनुसार हालसम्म भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला लगायतका ८ जिल्लामा संक्रमण देखिएको छैन।

त्यस्तै हालसम्म ११ हजार ६९५ जना निको भई घर फर्किसकेका छन् भने ४० जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार ५ हजार ९२३ जना आइसोलेशनमा रहेका छन् भने २२ हजार ६६२ जना विभिन्न क्वारेन्टीनमा रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट