दोस्रो दिन पनि बढ्यो शेयर बजार-Sutra News

दोस्रो दिन पनि बढ्यो शेयर बजार

मंगलबार, २७ चैत्र २०८०

मंगलबार, २७ चैत्र २०८०

काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि शेयर बजारमा बृद्धि भएको छ । मंगलबार ९.१९ अंकले बढ्दै बजार २०३६.०१ को बिन्दुमा उक्लिएको छ । समग्रमा बजार ०.४५ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।



एकल अंकले बढेको बजारमा कारोबार आएका २४५ कम्पनीमध्ये १५० कम्पनीको मूल्य बढेको छ भने ८६ अंकको मूल्य घटेको छ । मंगलबार नौ कम्पनीको मूल्य भने स्थिर रहेको स्टक एक्सचेन्जले जनाएको छ ।

जानकी फाइनान्सको मूल्यमा सकारात्मक सर्किट लाग्दा मंगलबार नेपाल फाइनान्स र पोखरा फाइनान्सको मूल्यमा ९.९९ प्रतिशतले बढ्यो भने इमर्जीङ नेपाल र प्रभु स्मार्ट फण्डको मूल्यमा ८ प्रतिशतभन्दा बढीले बृद्धि भयो ।

मंगलबार ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम चार अर्ब १४ करोड ३७ लाख रुपैयाँ बराबरको भयो ।

यस सर्वाधिक सूर्यज्योति लाइफ, गुराँस फाइनान्स, हिमालयन रि इन्स्योरेन्सलगायतको कारोबार उच्च रहेको स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट