अदालतमा सुनुवाइ चल्दाचल्दै पूर्वन्यायाधीश गिरीकी श्रीमती आरतिले गरिन् विष सेवन-Sutra News

अदालतमा सुनुवाइ चल्दाचल्दै पूर्वन्यायाधीश गिरीकी श्रीमती आरतिले गरिन् विष सेवन

बुधबार, २१ चैत्र २०८०

बुधबार, २१ चैत्र २०८०
आरती गिरी/फाइल तस्बिर

काठमाडाैं । कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले मुद्दाको सुनुवाइ चल्दाचल्दै सर्वोच्च अदालतको इजलासमै विष सेवन गरेकी छिन् ।



बुधबार अपरान्ह २ बजेतिर सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेकी हुन् ।

विष सेवन गरेपछि आरतिलाई तत्कालै वीर अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइएको र अहिले उनको अवस्था स्थिर र बोल्न नसक्ने अवस्था रहेको बताइएको छ ।

सर्वोच्च अदालतले समेत आफूलाई न्याय दिनेमा शंका रहेको भन्दै सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ सुरु भएसँगै आमरण अनशन हुँदै करिब तीन महिनादेखि धर्नामा बस्दै आएकी थिइन् ।

आरती आफ्नै श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा लिएर न्यायिक लडाइँमा छिन् । उक्त मुद्दामा आफ्ना श्रीमानलाई थुनामा राखेर कानुनी कारबाही गर्न माग गर्दै यसअघि सर्वोच्च परिसरमै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट