मेष, कर्कट र मीन राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

मेष, कर्कट र मीन राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?

मंगलबार, ६ चैत्र २०८०

मंगलबार, ६ चैत्र २०८०

आज मिति २०८० साल चैत ६ गते मंगलबार तदनुसार मार्च महिनाको १९ तारिख २०२४ । फाल्गुण शुक्ल पक्ष दशमी तिथि । आज बिहान ६ बजेर ८ मिनेट जाँदा काठमाडौँ उपत्यकामा झुल्किएको घाम साँझ ६ बजेर १४ मिनेटमा अस्ताउने छ ।



मेष

पहिलेको सफलताले हौसला जगाउने छ। व्यापारले फाइदा दिने छ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछ।

वृष

अनावश्यक किनमेलमा अधिक रकम खर्च हुनेछ। परिणाम विचार नगरी काम थाल्दा दुःख मात्र पाइने छ। नियमित काम तथा व्यवसायमा ध्यान पुर्याउनु होला। रकम जुटाउन समय लाग्ने छ।

मिथुन

श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्ने छ। तापनि मिहिनेतले लक्ष्यमा पुर्याउने छ। अरूको विषयमा चासो लिँदा झमेला बेहोर्नु पर्ला।

कर्कट

नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुने छन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिने छ। भविष्यका लागि रुचिका विषयमा लगानी बढाउन सकिने छ।

सिंह

आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। सामाजिक दायित्व बढ्ने छ। अवसरवादीहरूले भने मौकाको फाइदा उठाउने चेष्टा गर्ने छन्।

कन्या

सामान्य काममा धेरै धन र परिश्रम खर्चनु पर्ला। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। बनिसकेको काम दोहोर्याउनु पर्ने हुन सक्छ। बलजफ्ती प्रयत्न गर्दा व्यर्थैमा दुस्ख पाइने छ।

तुला

अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्ने छ। मित्रता र प्रेमको बन्धन कसिने छ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुने छ। भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम गर्न सकिने छ।

वृश्चिक

मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुने छ। प्रतिस्पर्धीहरू किनारा लाग्ने छन् भने उपलब्धि जोगाउन सफल भइने छ।

धनु

लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। शुभ चिन्तकले राम्रो साथ दिने छन्। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नु पर्ला।

मकर

परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिने छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ।

कुम्भ

गरिएका कर्मको उचित प्रतिफल पाइने छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउने छ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहने छ।

मीन

सम्पादित कामबाट मनग्य लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अहिलेको लगानीले पछिलाई फाइदा दिलाउने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट