मेष, सिंह र तुला राशीका दिन सुखद, तपाईंको दिन कस्तो ?-Sutra News

मेष, सिंह र तुला राशीका दिन सुखद, तपाईंको दिन कस्तो ?

बुधबार, ३० फाल्गुन २०८०

बुधबार, ३० फाल्गुन २०८०

आज मिति २०८० फागुन ३० गते बुधबार । सन् २०२४ मार्च १३ । आज बिहान सूर्योदय ६ः१५ बजे भयो भने सूर्यास्त साँझ ६ः११ बजे हुनेछ ।



मेष

आजको दिन रमाइलो यात्राको अवसर जुट्न सक्छ । भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने समय छ । प्रेम र मित्रताको बन्धन कसिलो होला । स्वास्थ्यसम्बन्धी समस्याले सामान्य रूपमा सताउन सक्छ, सचेत रहनुहोस् । रोकिएका काम बन्नेछन् । अतिरिक्त आम्दानी बढ्ने योग छ । विद्यार्थीहरूका लागि अनुकूल समय छ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

बृष

आजको दिन मिश्रित फलदायी रहला । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी हुने अवसर जुर्ला । कर्मयोगमा अभिवृद्धि हुनेछ । पैत्रिक सम्पत्तिमा विवाद आउने तथा भागबन्डाको समय छ । व्यवसाय र कृषितर्फ लगनशीलताले महत्वपूर्ण काम बन्न सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ भने आफू केही कमजोर भएको अनुभूति होला । आफन्तजन पनि असन्तुष्ट हुन सक्छन् । तथापि, पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन

प्रियजनसँग भेटघाट र प्रसन्नताको समय भएपनि राहुको प्रभावले विवाद, धनहानी, लाञ्छना जस्ता समस्या आउन सक्छन्, सावधान रहनुहोला । सबैको बीच रहेर पनि एक्लोपनाको अनुभूति हुने योग छ । आजको दिन यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सुख सुविधाको वस्तु खरिदमा खर्च हुन सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

कर्कट

भागदौड बढ्नेछ तर आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ । आश मारेको काम बन्नाले उत्साह बढ्नेछ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर भने खस्कने समय छ । पारिवारिक समस्याहरू देखापर्न सक्छन् । साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी रहला । रसरागको भाव वृद्धि हुने र मिठो भोजन प्राप्त हुनेछ ।

सिंह

रचनात्मक कामको माध्यमबाट आम्दानीको दिगो स्रोत जुट्न सक्ने समय छ । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन् । तर, आज बिनाकारण अनेक चुनौतीको सामना गर्नुपर्ने योग पनि छ । शत्रुमाथि विजय प्राप्त होला । सन्तानसुख प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला ।

कन्या

आरोग्यता र पराक्रम बढ्नेछ । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । प्रयत्न गर्दा अध्ययनका लागि विदेशयात्राको कार्य सम्पन्न हुने सम्भावना छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । तथापि, आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्ने योग छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला

आजको दिन रोकिएका काम सुरु हुनेछन् । सन्तान पक्षबाट लाभ र सुख मिल्ला । सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ भने स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने योग समेत रहेकोले सावधान रहनुहोला । झुटा आरोप आइलाग्न सक्छन् । प्रवासमा हुनेहरूलाई भने समय निकै अनुकूल देखिन्छ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

बृश्चिक

व्यस्तता बढ्नेछ तर धेरै परिश्रमबाट थोरै लाभ मिल्ने समय छ । घरखर्च पनि बढ्नेछ । तथापि, साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । अध्ययन९अध्यापनमा राम्रो प्रगति होला । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने योग छ । जीवनसाथी र सन्तानका तर्फबाट सन्तोष मिल्नेछ । आरोग्यता रहनेछ ।

धनु

पराक्रम र आरोग्यता बढ्नेछ । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ । साथीभाइले साथ दिनेछन् । पढाइलेखाइको लागि अनुकूल समय छ । नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । व्यापार–व्यवसाय विस्तार होल । विश्वासमा पारेर धोका दिनेहरूले सताए पनि रोकिएका काम बन्न थाल्नेछन् । भाग्यबल बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर

साझेदारीमा पनि सम्बन्ध बिग्रनाले अप्ठ्यारोमा पर्न सकिने समय छ । तर, परिश्रमबाटै घर–जग्गा वा स्थिर सम्पत्ति जोड्ने योग रहेको छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ

बुद्धिको उपयोगले काम लिने समय छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ । स्थायी सम्पत्ति जोड्ने समय छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ, सचेत रहनुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन

सामाजिक पक्ष सबल बन्नुका साथै मानसम्मान पनि पाइनेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । व्यवसायमूलक भ्रमण गर्ने समय छ । कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । भाग्य बलवान् रहनेछ । सुख आनन्द बढ्ला । समस्याको समाधान मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट