प्रधानमन्त्रीले विश्वासको मत लिँदा अनिवार्य उपस्थित ह्वीप जारी गर्ने-Sutra News

प्रधानमन्त्रीले विश्वासको मत लिँदा अनिवार्य उपस्थित ह्वीप जारी गर्ने

आइतबार, २७ फाल्गुन २०८०

आइतबार, २७ फाल्गुन २०८०

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विश्वासको मतका साथै राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गर्ने निर्णय गरेको छ ।



सिंहदरबारमा शनिबार बसेको माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक र राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थित हुन आफ्ना दलका सदस्यहरूलाई ह्वीप जारी गर्ने निर्णय गरिएको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

प्रधानमन्त्रीले विश्वासको मत लिने मिति र राष्ट्रियसभा अध्यक्ष उम्मेद्वरका बारेमा आइतबारसम्म टुङ्गो लाग्ने उनले बताए । बैठकमा संसदको कार्य तालिकालाई प्रभावकारी बनाउने विषय र आगामी बजेटको सिद्धान्त र प्राथमिकताको छलफलका विषयमा पनि छलफल भएको पाण्डेले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियालाई अघि बढाउन दृढताका साथ लाग्नु पर्नेमा जोड दिएको प्रमुख समेचक पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट